
वास्तविक नियन्त्रण रेखामा शान्ति बहाली गर्नका लागि भारतले धेरै प्रयास र पहलहरू गर्दछ। तर, चीनको तर्फबाट लगातार घुसपैठको प्रयास भइरहेको हुन्छ। यसैले एसएसीमा स्थिति तनावपूर्ण बन्न पुग्छ। वास्तवमा चीनको कथनी र करणीमा धेरै फरक छ अथवा गराइ र बोलाइमा धेरै भिन्नता रहेको छ। विगत केही वर्षदेखि भारतीय र चिनियाँ सैनिकबीच एलएसीमा धेरैपल्ट हिंसक झडप भइसकेको छ। लद्दाख क्षेत्रमा चीनको आर्थिक र रणनीतिक आवश्यकता धेरै छ र यही कारणले गर्दा चीनले आक्रामक रूपमा आफ्नो सेना तैनाथ गरिरहेको छ ताकि उसले कुनै कारण बिना नै भारततर्फ थप क्षेत्रहरू दाबी गर्न सकून्।
यसैबीच लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच सीमानामा अझै धेरै झडप हुनसक्ने आशंका व्यक्त गरिएको छ। गोप्य रिपोर्टअनुसार लद्दाखमा भारतीय र चिनियाँ सैनिकहरूबीच झडप हुन सक्ने बताएको छ। उक्त गोप्य रिपोर्टमा भनिएको छ कि जसरी चीनले एलएसीसँग जोडिएका क्षेत्रमा सैन्य पूर्वाधारको विकास गरिरहेको छ, त्यसपछि भारतीय सैनिकसँग झडपको सम्भावना निकै बढेको छ।
गोप्य रिपोर्टले लद्दाखमा अझै थुप्रै झडपहरू हुनसक्ने दावी गरेको छ कि। जुन २०२० मा, लद्दाखको गलवान उपत्यकामा भएको भयावह द्वन्द्वपछि भारत र चीनबीचको सम्बन्धमा उल्लेखनीय तिक्तता आएको छ, जसले दुई पक्षबीच दशकौं पछिको सबैभन्दा गम्भीर सैन्य द्वन्द्व निम्त्याएको छ।
शृंखलाबद्ध सैन्य र कूटनीतिक वार्तापछि दुवै पक्षले पाङ्गोङ त्सोको उत्तर र दक्षिण किनारमा र गोगरा सेक्टरमा विच्छेदन प्रक्रिया पूरा गरिसकेका छन्, तर यो रिपोर्टले चीनले गरेको कुनै पनि चालबाजीलाई भारतीय सेनाले उचित जवाफ दिन तयार रहेको देखाएको छ।
गत सेप्टेम्बरमा, गोगरा-हटस्प्रिङ क्षेत्रमा भारतीय र चिनियाँ सेनाहरू गस्ती प्वाइन्ट १५ बाट विच्छेद भएका थिए। गत डिसेम्बरमा अरुणाचल प्रदेशको तवाङमा दुई पक्षबीच ताजा झडप भएको थियो, यद्यपि त्यहाँ कोही हताहत भएको थिएन।
रिपोर्टमा भनिएको छ कि यी आँकलनहरू सीमा क्षेत्रमा स्थानीय पुलिसले भेला गरेको गुप्तचर र वर्षौंदेखि भारत-चीन सैन्य तनावको ढाँचामा आधारित थियो।
रिपोर्टमा भनिएको छ “चीनको घरेलु बाध्यता र यस क्षेत्रमा उनीहरूको आर्थिक हितलाई ध्यानमा राख्दै, चीनको पीपुल्स लिबरेशन आर्मी आफ्नो सैन्य पूर्वाधार निर्माण गर्न जारी राख्नेछ र झडपहरू पनि बारम्बार हुनेछन्, जसले एक ढाँचा पालन गर्न सक्छ वा नगर्न पनि सक्छ।” रिपोर्टमा थप के उल्लेख गरिएको छ भने “यदि हामीले झडप र तनावको ढाँचालाई विश्लेषण गर्ने हो भने, यसको तीव्रता २०१३-१४ यता प्रत्येक २-३ वर्षको अन्तरालमा यसको तीब्रता बढेको छ।”
चिनियाँ सीमाना भित्र चिनियाँ सेना, पीएलएले ठूला-ठूला पूर्वाधारहरूको निर्माण गरिरहेको छ र दुबै देशका सेनाले पनि आ-आफ्नो शक्ति परीक्षण गरिरहेका छन्, र सीमामा तोपखाना र पैदल सेनाको टोली बढ्दै भइरहेको छ।” उल्लेखनीय कुरा के भने भारत र चीनबीच ३५०० किलोमिटर लामो सीमा रहेको छ जुन सन् १९५० देखि विवादित छ । सन् १९६२ मा दुई पक्षबीच युद्ध भएको थियो ।
Via: TDLIVE