China imposes communication ban on religiously repressed Draggo Tibetans
February 7, 2023
China building hundreds of new border village structures, laying new territorial claims
February 14, 2023

वास्तविक नियन्त्रण रेखामा शान्ति बहाली गर्नका लागि भारतले धेरै प्रयास र पहलहरू गर्दछ। तर, चीनको तर्फबाट लगातार घुसपैठको प्रयास भइरहेको हुन्छ। यसैले एसएसीमा स्थिति तनावपूर्ण बन्न पुग्छ। वास्तवमा चीनको कथनी र करणीमा धेरै फरक छ अथवा गराइ र बोलाइमा धेरै भिन्नता रहेको छ। विगत केही वर्षदेखि भारतीय र चिनियाँ सैनिकबीच एलएसीमा धेरैपल्ट हिंसक झडप भइसकेको छ। लद्दाख क्षेत्रमा चीनको आर्थिक र रणनीतिक आवश्यकता धेरै छ र यही कारणले गर्दा चीनले आक्रामक रूपमा आफ्नो सेना तैनाथ गरिरहेको छ ताकि उसले कुनै कारण बिना नै भारततर्फ थप क्षेत्रहरू दाबी गर्न सकून्। 

यसैबीच लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच सीमानामा अझै धेरै झडप हुनसक्ने आशंका व्यक्त गरिएको छ। गोप्य रिपोर्टअनुसार लद्दाखमा भारतीय र चिनियाँ सैनिकहरूबीच झडप हुन सक्ने बताएको छ। उक्त गोप्य रिपोर्टमा भनिएको छ कि जसरी चीनले एलएसीसँग जोडिएका क्षेत्रमा सैन्य पूर्वाधारको विकास गरिरहेको छ, त्यसपछि भारतीय सैनिकसँग झडपको सम्भावना निकै बढेको छ।
गोप्य रिपोर्टले लद्दाखमा अझै थुप्रै झडपहरू हुनसक्ने दावी गरेको छ कि। जुन २०२० मा, लद्दाखको गलवान उपत्यकामा भएको भयावह द्वन्द्वपछि भारत र चीनबीचको सम्बन्धमा उल्लेखनीय तिक्तता आएको छ, जसले दुई पक्षबीच दशकौं पछिको सबैभन्दा गम्भीर सैन्य द्वन्द्व निम्त्याएको छ।

शृंखलाबद्ध सैन्य र कूटनीतिक वार्तापछि दुवै पक्षले पाङ्गोङ त्सोको उत्तर र दक्षिण किनारमा र गोगरा सेक्टरमा विच्छेदन प्रक्रिया पूरा गरिसकेका छन्, तर यो रिपोर्टले चीनले गरेको कुनै पनि चालबाजीलाई भारतीय सेनाले उचित जवाफ दिन तयार रहेको देखाएको छ। 
गत सेप्टेम्बरमा, गोगरा-हटस्प्रिङ क्षेत्रमा भारतीय र चिनियाँ सेनाहरू गस्ती प्वाइन्ट १५ बाट विच्छेद भएका थिए। गत डिसेम्बरमा अरुणाचल प्रदेशको तवाङमा दुई पक्षबीच ताजा झडप भएको थियो, यद्यपि त्यहाँ कोही हताहत भएको थिएन।

रिपोर्टमा भनिएको छ कि यी आँकलनहरू सीमा क्षेत्रमा स्थानीय पुलिसले भेला गरेको गुप्तचर र वर्षौंदेखि भारत-चीन सैन्य तनावको ढाँचामा आधारित थियो। 

रिपोर्टमा भनिएको छ  “चीनको घरेलु बाध्यता र यस क्षेत्रमा उनीहरूको आर्थिक हितलाई ध्यानमा राख्दै, चीनको पीपुल्स लिबरेशन आर्मी आफ्नो सैन्य पूर्वाधार निर्माण गर्न जारी राख्नेछ र झडपहरू पनि बारम्बार हुनेछन्, जसले एक ढाँचा पालन गर्न सक्छ वा नगर्न पनि सक्छ।” रिपोर्टमा थप के उल्लेख गरिएको छ भने “यदि हामीले झडप र तनावको ढाँचालाई विश्लेषण गर्ने हो भने, यसको तीव्रता २०१३-१४ यता प्रत्येक २-३ वर्षको अन्तरालमा यसको तीब्रता बढेको छ।”

चिनियाँ सीमाना भित्र चिनियाँ सेना, पीएलएले ठूला-ठूला पूर्वाधारहरूको निर्माण गरिरहेको छ  र दुबै देशका सेनाले पनि आ-आफ्नो शक्ति परीक्षण गरिरहेका छन्, र सीमामा तोपखाना र पैदल सेनाको टोली बढ्दै भइरहेको छ।” उल्लेखनीय कुरा के भने भारत र चीनबीच ३५०० किलोमिटर लामो सीमा रहेको छ जुन सन् १९५० देखि विवादित छ । सन् १९६२ मा दुई पक्षबीच युद्ध भएको थियो ।

Via: TDLIVE

Ajay Verma
Ajay Verma
Editor | CONNECTING NATIONS

Leave a Reply

Your email address will not be published. Required fields are marked *